१७ भदौ, काठमाडौं ।
सडकखण्ड विस्तारको काम तिव्र गतिमा गर्न प्रधानमन्त्रीले निर्देशन दिएको एक महिना वितिसक्दा पनि कामले गति लिन सकेको छैन् । सो अनुगमनको ठ्याक्कै एक महिनापछि सभासद र चितवनका अन्य सरोकारवाला निकायले पुन सो सडकको अनुगमन गरे तर अवस्था केही सुधार भएको पाइएन । राजधानीलाई देशको पूर्वी र पश्चिम भागसँग जोड्ने मुख्य सडक मार्गको रुपमा रहेको सडक खण्डको चितवन जिल्लाका सरोकारवाला निकायले गरेको अनुगमनका क्रममा कामको प्रगती नदेखिएको हो ।

प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिएका थिए तर सडक निर्माण सुस्त र यातायात आवागमन झन् असहज वन्दै गएको छ । गएको असार २५ गतेदेखि अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ तर काम भने जस्ताको तस्तै भएको भन्दै सरोकारवालो आलोचना गरेका छन् ।

चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न झन् गाह्रो हुने देखिएको छ । आयोजना प्रमुख चन्द्र नारायण यादवले सडक वन्द गरिएपनि काम गर्न गाह्रो भएकोले अहिलेसम्म जम्मा ५४ प्रतिशत काम सम्पन्न भएको वताए । उनले चितवनका २ साँसद र प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोलीलाई पुरानै कुरा दोहो-याउदैं भनेः बाढी पहिरो र ट्राफिक व्यवस्थापनको समस्याले सोचे अनुसार काम हुन सकेको छैन् ।

उनले आगामी चैत्र मसान्तसम्म काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।यसैविच मुग्लिन र सो सडक क्षेत्रमा वसोवास गर्नेले आयोजना र ठेकेदारको चरम लापरवाहीका कारण कामले गति लिन नसकेको वताएका छन् । सडकखण्ड निर्माणमा भैरहेको ढिलाइका कारण दिनरात धुलो खानुपरेको उनिहरुले वताए । सडक फराकिलो वनाउदा उनीहरु विस्थापित हुने भएकोले यथासक्य छिटो मुआव्जा उपलव्ध गराउनुपर्ने माग गरेका छन् ।

सो सडक खण्डको अवलोकन गरेपश्चात सभासद कृष्णभक्त्त पोखरले,रामकृष्ण घिमिरे र चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले अव कुनै वाहानामा सडक विस्तारमा ढिलाई स्विकार्य नहुने वताए । शुरुमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको सो सडक विस्तारको लागि २० फेवु्रअरी २०१८ सम्म समय थप गरिएको छ । जोखिम रहँदारहँदै पनि सो सडकखण्ड भएर दैनिक १० हजारको हाराहारीमा सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।यो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम दुई वर्षअघि सन् २०१५ को अप्रिलबाट सुरु भएको हो ।