८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित मन्त्रिपरिषद्का २८ जना सदस्यहरुले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन । उनीहरुले सो विवरण प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पेश गर्नु भएको सूचना तथा संचार मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठ, मन्त्रीहरु गिरिराजमणि पोखरेल, ज्ञानेन्द्रबहादुर कार्की, फरमुल्लाह मन्सुर, जनार्दन शर्मा, प्रभु साह, गोपाल दहित, रामकृष्ण यादव, वीरबहादुर वलायर, मीनबहादुर विश्वकर्मा र यज्ञबहादुर थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण बुझाएका हुन ।

यसैगरी, मन्त्रीहरु भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसी, टेकबहादुर वस्नेत, शिवकुमार मण्डल केवट, महेन्द्रबहादुर शाही, आशा कोइराला, सन्तकुमार थारु, मिथिला चौधरी तथा राज्यमन्त्रीहरु गोमा कँुवर, ओङ्दी शेर्पा, शेषनाथ अधिकारी, दिलमान पाख्रिन, चम्पादेवी खड्का र यशोदाकुमारी लामाले सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउनुभएको मन्त्रालयले जनाएको छ ।