काठमाडौं, २९ जेठ । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलायतबाट फ्रान्स गएका छन् ।

प्रधानमन्त्री ओली भूमिगत रेलमार्ग हुँदै फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेका हुन् । फ्रान्स र बेलायतबीच समुन्द्रमुनी निर्माण गरिएको युरो टनेल भनिने भूमिगत रेलमार्ग हुँदै प्रधानमन्त्री ओली फ्रान्स जान लागेका हुन् । उनले भोली बिहीबार फ्रान्सका प्रधानमन्त्री इडुवार्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि मंगलबार उनले बेलायती राजकुमार ह्यारी र प्रधानमन्त्री थेरेसा मेसँग छुट्टाछुट्टै भेट गरेका थिए । प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।