१३ मंसिर, काठमाडौं ।

दुई महिनादेखि भारतले गरेको नाकाबन्दीको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र नेपालको लागि भारतीय राजदुत रञ्जित रे बीच चर्काचर्की परेको छ ।

आइतावर साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदुत रेलाई प्रधामन्त्री ओलीले भारतले विना कारण नेपालमाथि किन नाकाबन्दी गरेर सास्ती दिइरहको छ ? भन्ने प्रश्न गरेका थिए । जवाफमा रे ले भारतले नाकाबन्दी नगरेको बताउंदै नेपालको आन्तरिक समस्याले सवारी साधन आउन कठिनाई भएको जवाफ दिएका थिए ।

Kp-oli-with-ranjit-rey

राजदुत रे ले नेपालको आन्तरिक समस्या समाधान भए सवारी सहज हुन्छ, भारतले नाकाबन्दी गरेको नगरेको बताएपछि प्रधानमन्त्री ओलीले रेलाई प्रश्न गर्दै भनेका थिए–‘दुई महिनादेखि अत्यावश्यक वस्तु इन्धन, ग्यास, औषधी नपठाउनु नाकाबन्दी नभएर के हो त ?

ओलीका दुत भारतमा सक्रिय, नाकाबन्दी खुलाउन उच्च स्तरीय छलफलमा

स्रोतका अनुसार राजदुत रेले भारत विरोधी भावना बढेको चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायमा भारतको छवि धुमिलिएकोप्रति चिन्ता व्यक्त गरेका थिए । जवाफमा ओलीले भारतले पारवहन अधिकारबाट समेत कुण्ठित गर्ने काम गरेर नेपालमा संविधान जारी हुँदा नेपाली जनतालाई दुुःख र सास्ती दिने काम भारतबाट भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

संविधानले कसैप्रति पनि भेदभाव गरेको छैन: प्रम ओली

भारतीय राजदूतले गलत सूचना दिए : प्रधानमन्त्री

नाकाबन्दीको विरोध गरिएको भारतीय पत्रकारको लेख फेसबुकले रोक्यो