काठमाडाै‌, २५ जेठ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवी क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गरेको हो । आर्मीले दिएको १ सय २५रनको लक्ष्य पछ्याएको पुलिसले ५७ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टाएको हो ।

पुलिसको जितमा अमित श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरे भने १ सय ३१ बल खेलेका सुनिल धमला ४२ रनमा नटआउट रहे । यसअघि पहिला ब्याटिङ गरेको आर्मी १ सय २५ रनमा अलआउट भएको थियो । उसका लागि सोमपाल कामीले ३५, राजु रिजालले ३२, भीम सार्कीले २० र रोहित कुमार पौडेलले १८ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् आर्मीलाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशी र पवन सर्राफले समान ४/४ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिङ गरेको आर्मी ३३ दशमलब ३ ओभरमै अलआट भयो । जारी संस्करणकै लिग चरणमा पनि आर्मी पुलिससँग ५० रनले पराजित भएको थियो । जितसँगै पुलिसले २० लाख रुपैयाँ प्राप्त गर्दा आर्मीले १० लाखमा चित्त बुझाएको छ ।