३ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदुत डा. मञ्जिवसिंह पुरीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बाढी पिडितका लागि भारत सरकारले घोषणा गरेको राहत प्याकेजका बिषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए ।

हिजो साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरि नेपालका बाढी पीडितका लागि भारत सरकारका तर्फबाट २५ करोड सहयोग प्रदान गर्ने बताएका थिए ।

यस्तैगरी प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि कुराकानी भएको छ । प्रधानमन्त्री देउवा यहि भदौ ७ गतेदेखि ४ दिने भारत भ्रमणमा जाने कार्यतालिका छ ।