२९ साउन, काठमाड‌ौं ।

बाढि, पहिरो र डुबान पीडितलाई तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आज बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई तत्काल राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा प्रधानमन्त्रीको भारत भम्रका बिषयमा छलफल गर्न प्रधानमन्त्री शेर वहादुर देउवालाई बोलाएको थियो । प्रधानमन्त्री देउवा व्यस्त भएका कारण बैठकमा अनुपस्थित भएपछि बैठक प्राकृृतिक प्रकोपका बिषयका केन्द्रित भएको थियो ।

बैठकमा समिति सदस्यहरुले हरेक बर्ष हुने बाढि पहिरो लगाएतका प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि सरकारले सतर्कता नअपनाएको भन्दै आलोचना गरेका थिए ।