२२ भदौ, काठमाडौं ।

पेशागत हकहित र करारको माग गर्दै आन्दोलनमा रहेका त्रिभुवन विश्वविद्यालयका आशिंक प्राध्यापकहरुले आज पनि बालुवाटारमा धर्ना दिएका छन ।

विगतमा भएका सहमतीको कार्यन्वयन हुनुपर्न माग राख्दै गत बैशाखदेखि आन्दोलनमा रहेका आशिंक प्राध्यपकहरुले बालुवाटारमा नाराबाजी गदै धर्ना दिएका हुन ।

वर्षाैदेखि प्राध्यपन गराईरहेका आशिंक प्राध्यपकलाई नाम मात्रको पारिश्रमिक दिएर त्रिभुवन विश्वविद्यालयले शोषण गरिरहेको उनीहरुको आरोप छ । आशिक प्राध्यापकको समस्या समाधानका लागि विश्व विद्यालयले कुनै अग्रसरता नदेखाएपछि आफुहरु आन्दोलन गर्न बाध्य भएको सघंले जनाएको छ ।

उनिहरुले आफूहरुको माग पूरा नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

विगतमा भएका सहमतीहरुको कार्यान्वयन नभएपछि संघले विना शर्त करारमा नियुक्ति गर्नुपर्ने, त्रिवि सभाले गत बर्ष पुस २० गते गरेको सेवा प्रवेश विन्दु र सहायक प्राध्यापक बनाउने निर्णय खारेजी तथा शैक्षिक क्यालेण्डरको पालना गर्न माग गदै आएका छन् ।

हाल त्रिवि अन्र्तगत सञ्चालित ६० आंगिक क्याम्पसमा १२ सय आंशिक प्राध्यापक रहेको संघको दाबी छ ।