३ माघ, काठमाडौं ।

दिल्लीबाट काठमाडौं आएका सदभावना अध्यक्ष राजेन्द्र महतो भारतीय दुताबास गएका छन् । काठमाडौं आएको केही छिनमै महतो भारतीय दुताबास गएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको भन्दै काठमाडौं आएका महतोलाई काठमाडौं आए लगत्तै भारतीय दुताबासले बोलाएको श्रोतले जनाएको छ ।

यस अघि कार्यदलमा नबसेको राजेन्द्र महतोको सदभावना समेत सहमतिमा सकारात्मक बनेपछि सहमतिको माहौल बनेको हो । अव सम्भावित सहमतिपछि मधेश आन्दोलन स्थगित हुने भारतले विगत ४ महिना देखि लगाउँदै आएको नाकाबन्दी पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

विमानस्थलमा महतोलाई कालो झण्डाः नारा “विदेशी दलाल होसियार” (तस्विर सहित)