१५ असार, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोट हालेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेसका चेतराज भट्टको प्यानल नै बिजयी भएको छ ।

वडाअध्यक्षमा बिजयी भट्टले ९ सय १५ मत ल्याएका हुन् । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको भोटको सदुपयोग भएको देखिएको छ ।

डडेल्धुराकै अमरगढी नगरपालिका १ को वडाध्यक्षमा पनि काँग्रेसकै लोकबहादुर ऐर सहित उनको प्यानल नै विजयी भएको छ ।