२५ साउन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले विभिन्न प्रपन्च रचेर आफ्नो पार्टी फुटाएको आरोप लाएको छ । व्यवस्थापिका संसद बैठकमा बोल्दै राप्रपाका सांसद दिलनाथ गिरीले प्रधानमन्त्री र सरकारका मान्छेले आफ्नो पार्टीका नेतालाई उकासेर पार्टी फुटाएको आरोप लगाए ।

केहीदिन अघि मात्र राप्रपा अध्यक्ष कमल थापाले पार्टीमा मनोमानी गरेको भन्दै पशुपति शमशेर राणाको नेतृत्वमा राप्रपा विभाजित भएको थियो । बैठकमा नेता गिरीले सरकारले जनताको पक्षमा सिन्को भाँच्न नसकेको समेत आरोप लगाए ।

उनले भने, ‘यो सरकारबाट जनताले धेरै आशा गरेका थिए, तर आशा अनुसारको काम गर्न त गर्न सकेन नै बरु भ्रष्टाचार व्याप्त भएको, शुशासन कायम हुन सकेन, सरकार छ भन्ने अनुभूति पनि कतै हुन सकेको छैन् । सरकार लाचार भएको छ ।’