१३ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ ।

भारत जानु अघी विज्ञसँग राय लिन्छु, फाष्ट ट्र्याक विदेशीलाई दिने होइन- प्रचण्ड

सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना दिएकी छिन् । भेटमा जुलिएण्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राखेकी थिइन् ।

Prachanda with UN representative

जवाफमा प्रधानमन्त्रीले धन्यवाद दिँदै नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

ब्रेकअप भएका यी ६ बलिउड जोडी, लिभइन रिलेशनमा थिए कयौं वर्ष

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुलिएण्डलाई जानकारी दिएका थिए ।

पाकिस्तानी मिडिया भन्छ- भारतलाई यसरी घुँडा टेकाउन सकिन्छ