२७ असोज, काठमाडौं । सभामुख ओनसरी घर्तीको पहलमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष सकिएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा चिकित्सा शिक्षा विधेयक र राष्ट्रिय सभा विधेयकमा सहमति खोज्ने प्रयास सफल हुन सकेन ।

दुवै विधेयकबारे दलहरुले आआफ्नो अडान राखेपछि सहमति हुन सकेन ।

अनशनरत डाक्टर गोबिन्द केसीको माग सम्बोधन हुने गरी चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने प्रयासस्वरुप सभामुखले बैठक बोलाएकी थिइन् ।

संसदको कार्यकाल भोलि सकिन लागेका सभामुखले अडान छाडेर सहमति गर्न आग्रह गरेपनि दलहरु लचिलो नबनेपछि दुई वटा महत्वपूर्ण विधेयक नआउने भएको हो ।