६ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन लगायतका विषयमा प्रमुख ५ दलसँग छलफल गर्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजेका लागि बोलाइएको बैठकमा आगामी बैशाख ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन, असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रमुख ५ दल नेपाली कंग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र फोरम लोकतान्त्रिकलाई छलफलका लागि बोलाइएको छ । असन्तुष्ट दलहरु चुनावमा आउने भए दुई चरणमा निर्वाचन गराउन तयार रहेको कंग्रेस नेताहरुको भनाई आइरहेका बेला प्रधानमन्त्रीले छलफल गर्न लागेकाहुन् ।

निर्वाचनसँग असन्तुष्ट बनेको मधेशी मोर्चा र संघीय गठबन्धनले निर्वाचनलाई बिथोल्ने गरी आमहड्ताल लगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेपछि दलहरुको धारणा बुझ्न पनि प्रधानमन्त्रीले बैठक बाेलाएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।