२० मंसिर, उदयपुर । प्रहरी नायव निरीक्षक (सई) लाई बन्चरो प्रहार गरी प्रहरी सहायक निरीक्षक (असई) फरार भएका छन् ।

अन्ततः देश १० वा १४ प्रदेशमा पुग्छ- कानूनमन्त्री नायक

सप्तरी घर भई उदयपुरको मैनामैनी ९ मा रहेको प्रहरी चौकी कोठुमा कार्यरत असई रामशरण मण्डलले सई तथा इन्चार्ज राजेश चौधरीलाई बन्चरो प्रहार गरी फरार भएका हुन । हिजो चतरा पुलमा ड्यूटीमा खटिएका मण्डल दिउसोसम्म चौकी नफर्किएपछि चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक चौधरीले स्थानीय एक भट्टीमा मादक पद्धार्थ सेवन गरिरकेको अवस्थामा फेला पारेका थिए । बन्चरो प्रहारबाट सई चौधरी गम्भीर घाइते भएका छन् ।

रञ्जित रेलाई देश निकाला गर्न मागः हेलो सरकारको जवाफ- प्रक्रिया अघि बढ्यो

इन्चार्ज चौधरीले ड्यूटिको समयमा मादक पद्धार्थ किन खाएको भन्दै चौकी जाउँ भन्दा मण्डलले चौधरीलाई नै आक्रमण गरेको स्थानीय गणेश राईले बताए । बन्चरो प्रहार गरेर चौकी जान्छु भनेर हिडेका मण्डल अहिले प्रहरी र परिवारको सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।