२३ साउन, काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरीको ‘इन्काउन्टर’मा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लागूऔषध कारोबारमा संलग्न रहेका प्रविण खत्री रहेको प्रहरीले जनाएको छ ।

उनीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पिछा गरेको थियो । प्रहरी आएको थाहा पाएपछि खत्रीले प्रहरीमाथि गोली चलाएको र प्रहरीले जवाफी कारवाही गर्दा उनलाई गोली लागेको हो ।

प्रहरीले भने उनले आफूसँग रहेको पेस्तोलले आफैंलाई गोली हानेको दाबी गरेको छ । गोली लागेर गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।