काठमाडौं, ८ जेठ । प्रहरीको गोली लागेर घाइते भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ताको मृत्यु भएको छ ।

भोजपुरमा प्रहरीको गोली लागेर घाइते भएका तीर्थराज घिमिरेको बुधबार मृत्यु भएको हो । टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जंगलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर उनी घाइते भएका थिए । उनको उपचारको क्रममा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि उसका नेता तथा कार्यकर्ताहरूमाथि पक्राउ गर्न धरपकड बढाएको छ । यसअघि पनि प्रहरीले केही ठाउँमा गोली हानेरै भएपनि विप्लवका कार्यकर्तालाइ पक्राउ गरेको थियो ।