काठमाडौं, २४ जेठ । प्रहरीले काठमाडौंको जोरपाटीमा गोली हानेर लुटेरा समूहका एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले लुटपाट र डकैतीमा संलग्न रहँदै आएका काका भनिने छिरिङ लामालाई पक्राउ गरेको हो । उनी लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहेको र पक्राउ पर्ने क्रममा गोली चलाईएको महाशाखाका डिएसपी रुगम कुवँरले जानकारी दिए ।

प्रहरीले हानेको गोली तामाङको दाहिने खुट्टामा लागेको छ ।