फ्रान्समा जारी ७२ औं कान्स फेस्टिभलको रौनक अझै जारी छ। बलिउड तथा हलिउड नायिका प्रिंयका चोपडाले पनि यसमा आफ्नो सहभागिता जनाइन, त्यसपछि सुरु भयो उनी गर्भवती भएको अफवाह।

कान्स फेस्टिभलको रेड कार्पेटमा हिडेपछि भोलिपल्ट उनी पति निक जोनससंग चोपर्ड ज्वेलरी ब्रान्सको पार्टीमा सामेल भइन। दुवै दिन उनले जुन ड्रेस लगाएकी थिइन त्यसमा उनको पेट थोरै बढेको देखिन्थ्यो। सामाजिक सञ्जालमा उनका तस्वरि भाइरल हुनासाथ उनी गर्भवती भएको हल्ला चलिहाल्यो। प्रियंकाकी मिल्ने साथी हलिउड नायिका ओक्टाभिया स्पेन्सरले ‘स्टनिंग ममासिटा’ लेख्दै उनी प्रेग्नेन्ट भएको तर्फ इंकित गर्दै कमेन्ट गरेपछि त झन के चाहियो।

तर प्रियंकाले यसबारेमा कुन प्रतिक्रिया नदिदाँसम्म यो केवल अफवाह मात्र हुनेछ।

प्रियंकाले निकसंग डिसेम्बर १ २०१८ मा विवाह गरेकी थिइन।

७२ औं कान्स फिल्म फेस्टिभलका उत्कृष्ट झलक