२७ पुस, रौतहट ।

गत २१ पुसमा रौतहटको करुनिया २ का ३३ वर्षिय अभिनन्दन साहको घाटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले मृतकको श्रीमती सकुन्तला देवी र भाई मनिष कुमार सुमनलाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीका लागी कतार गएका बेला अभिनन्दन साहकी श्रीमती सकुन्तला र नातामा मृतकको भाई पर्ने मनिष कुमार सुमन बिच प्रेम सम्बन्ध कायम भएको थियो ।

२ वर्ष अघि देखी प्रेम सम्बन्धमा रहेका सकुन्तला र मनिषको बिच मोबाइल फोन मार्फत सम्बन्ध गासिएको थियो । पति विदेशमा रहेका बेला मनिष सँग नजिकिएकी सकुन्तला ले पति अभिनन्दन घर फर्किए पछि प्रेम प्रसँगमा बाधा उत्पन्न भएको भन्दै पति को हत्या गर्न लगाएकी थिइन ।

hatya murder

गत २१ गते गाँउकै कामदेही खोला नजिकको सिसौको घारीमा अभिनन्दन को शव फेला परेको थियो । प्रहरीले घटनाको अनुसन्धान गर्दै जादा पत्नीले नै प्रेमीको सहायतामा पतिको हत्या गर्न लगाएको रहस्य खुलेको छ । “चलि रहेको प्रेम प्रसँगमा बाधा उत्पन्न भएपछि र श्रीमानलाई श्रीमती प्रति शंका हुन थालेपछि श्रीमतीले नै पतिको हत्या गराएकी हुन ।”

संचारकर्मीहरु सँग कुरा गर्दै रौतहटका प्रहरी प्रमुख एसपी यज्ञ विनोद पोखरेलले भने “नातामा काकाको छोरा पर्ने मनिषले नै दाजु अभिनन्दनलाई एकान्तमा लगी पछाडी बाट रडले प्रहार गरेर बेहोस बनाए पछि घाटी रेटेर हत्या गरेको बयान दिएका छन ।” प्रहरीले हत्यामा प्रयोग गरीएको रड र चक्कुका साथै मोबाइल फोनहरु पनि बरामद गरेको छ । पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर हिरासतमा राखिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।

प्रेममा तगारो बनेपछि हत्या

“हामी दुई वर्ष देखी प्रेम मा थियौ तर अभिनन्दन घर फर्किए पछि शंका लागेर सकुन्तलाको मोबाइल पनि खोस्यो र कुटपीट समेत गरेपछि सकुन्तलाले नै अब अभिनन्दन लाई मार्नु पर्छ भनेकी थिइन ।” पत्रकार सम्मेलनमा मनिषले भने “अभिनन्दन विदेश गए पछि मैले नै मेरो नामको सिम कार्ड सकुन्तला लाई दिएको थिए । फोन मार्फत हाम्रो दैनिक कुरा हुन्थ्यो ।”

मृतक अभिनन्दनलाई श्रीमती सकुन्तलाको बारेमा शंका लागे पछि उनले भाई मनिषलाई नै श्रीमतीको मोबाइलमा बारम्बार फोन आउने नम्बर कसको हो भनेर पता लगाइ दिन अनुरोध गरेका थिए । आफूले नम्बर पता लगाइ दिने भन्दै सिसौ घारीमा लगेर पछाडी बाट चार पटक रडले टाउको प्रहार गरी मनिषले नै अभिनन्दनको घाटी रेटेका थिए ।

मृतकको श्रीमतीले नै श्रीमानलाई जसरी पनि हटाउनु पर्छ भनेर दवाब दिएपछि हत्या गरेको प्रेमी मनिषले बताए ।