तपाइ आफ्नो पुर्व प्रेमी वा प्रमिका भुल्ने कोशिस गर्दै हुनुहुन्छ अनि झट्ट एक दिन ती खुसी दिनका तस्बिरहरु फेसबुकमा फ्याट्ट देखिदाँ मन उम्लेर आउनु अनि तनाव बढ्नु स्वभाविक हो।

जब तपाइले प्रेमिकाको थर पनि बदलिएको देख्नुहुनेछ यो अवस्था अझै दुखदायी हुन सक्छ। फेसबुकले यस्तो दुखमा पर्न नपरोस् भनी एक उपाय निकालेको छ।

facebook-girl

सामाजिक सञ्जाल फेसबुकले सम्बन्धमा पर्ने खटपट र सम्बन्धनै तोडिने अवस्था आएमा तपाइको चिन्ता र पिडा कम गर्न एक नयाँ टुल ल्याउने तयारी गरेको छ।

यदि तपाई कोही व्यक्तिलाई याद गर्न चाहनुहुन्न भने तपाइले फेसबुकमा सो व्यक्तिलाई अनफ्रेन्ड वा ब्लक गर्ने सक्नुहुन्छ। तर यसो गर्नाले उक्त व्यक्तिले थाहा पाउनेछ कि तपाइले अनफ्रेन्ड वा ब्लक गर्नुभयो। फेसबुकमा यस्तो गर्दा पक्का ठिक लाग्दैन।

फेसबुकले बनाएको यो नयाँ ‘ब्रेकअप टुल’ को मद्तले तपाइ पूर्व प्रेमी वा प्रेमिकालाई उसलाइ थाहा नहुने गरि उसगंको गतिविधिबाट टाढा रहन सक्नुहुनेछ।

यसरी फेसबुकमा बिना ब्लक वा अन्फ्रेन्ड गरि तपाइले आफ्नो पूर्व साथीको नाम वा उसको फेसबुक गतिविधि देख्न कम गर्न सकिन्छ। तपाइको न्युज फिडमा सो साथीको पोस्टहरु देखिन बन्द हुनेछन्। नयाँ म्यासेज आउँदा वा फोटो पोस्ट हुँदा सो साथीको नाम देखिने छैन।

साथै तपाइका फोटो, भिडियो, स्टाटस तपाईको पूर्व साथीलाइ कम देखाउन पनि यो टुलले मद्द गर्छ।

केही समयमै विश्वभरका फेसबुक प्रयोगकर्ता यो टुलको प्रयोग गर्ने फेसबुकले बताएको छ।

यो टुलको मद्दतले सम्बन्ध सहज र नियन्त्रण राख्न सकिने फेसबुक बताउँछ।

अमेरिकी प्रयोगकर्ताले यो टुल अहिले नै प्रयोग गर्न सक्नेछन्। अन्य देशमा भने यो केही समय पछि प्रयोग गर्न मिल्ने बनाइने फेसबुकले बताएको छ।