३ फागुन, एजेन्सी।

केवल वयस्कको लागि छापिने पत्रिका प्लेब्वायले फेरी नाङ्गो तस्बिर छाप्ने भएको छ।

पत्रिकाबाट नग्नता हटाउने निर्णय गलत भएको भन्दै पत्रिकाका मुख्य क्रियटिभ अधिकारी कुपर हेफनरले यस्तो घोषणा गरेको बीबीसीले लेखेको छ।

हेफनरले एक ट्वीट गर्दै भने, ‘आज हामी फेरि एकपटक आफ्नो पहिचान फिर्ता ल्याउँदै छौ ।’

२६ वर्षिय हेफनर पत्रिका मालिक ह्यु हेफनरका छोरा हुन।

अमेरिकाबाट प्रकाशित हुने यो पत्रिकाले आफ्नो मार्च-अप्रिल अंक बजारमा ल्याएको छ। यसमा मोडलको तस्बिर #NakedIsNormal ह्यासट्याग सहित छापिएको छ।

पत्रिकाले फेरि नग्न मोडलका तस्बिर छाप्ने भनेपछि सामाजिक सञ्जालमा केहीले राम्रो प्रतिक्रिया दिएका छन् भने कयौँले पत्रिकाको बिक्रि घटेपछि लिइएको कदम बताएका छन्।

प्लेब्वाय सन् १९५३ मा स्थापित भएको थियो। पत्रिकाले सन् २०१६ मार्चबाट नग्न तस्बिर छाप्न बन्द गरेको थियो।

कुनै समय प्लेब्वायको ५० लाख ६० हजार प्रति बिक्रि हुने गर्थ्यो जुन अघिल्लो वर्ष घटेर केवल सात लाख पुगेको थियो।