२२ वैशाख, एजेन्सी।

बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण शनिबार छ जनाको मृत्यु भएको छ । बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको पनि जानकारी दिए।

तर स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० जना रहेको र करिब एक हजार घर क्षतिग्रस्त भएको बताएका छन् । बंगलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् ।

टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पु¥याएका छन् । बंगलादेशी जलवायु विज्ञान विभागका निर्देशक शमसुद्दीन अहमदले फानीको बेग निकै मत्थर भइसकेको बताए।

सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।