एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको बरियतामा यसपटक नेपाल यथास्थानमा रहेको छ ।

निषेधको राजनीतिले विद्रोहकोरुप लिने ज्ञानेन्द्रको चेतावनी

फिफाले आज सार्वजनिक गरेको पछिल्लो बरियतामा नेपाल अघिल्लो महिनाझै १ सय ८६ औं स्थानमा रहेको छ । दक्षिण एशियामा सबैभन्दा माथि रहेको भारत ११ स्थान माथि चढ्दै १ सय ३७ औं स्थानमा पुगेको छ ।

यस्तैगरी अफगानिस्तान ४ स्थान माथि उक्लंदै १ सय ४५, माल्दिभ्स ७ स्थान माथि उक्लंदै १ सय ५८, र भूटान १० स्थान माथि उक्लंदै १ सय ७९ औं स्थानमा पुगेको छ ।

बंगलादेश ३ स्थान तल झर्दै १ सय ८८, पाकिस्तान ३ स्थान तल झर्दै १ सय ९७, श्रीलंका एक स्थान तल झर्दै १ सय ९४ औं स्थानमा रहेका छन् ।

लोकमान काण्डमा भारत घुस्यो, दुताबासबाट आयो मध्यमार्गी प्रस्ताव

फिफा वरियतामा अर्जेन्टिना पहिलो स्थानमा यथावत रहेको छ भने जर्मनी र ब्राजिल एक एक स्थान माथि उक्लँदै क्रमशः दोस्रो र तेस्रो स्थानमा पुग्दा बेल्जियम दुई स्थान तल झरेर चौथो स्थानमा ओर्लिएको छ । यस्तैगरी कोलम्बिया, चिली, फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन क्रमशः पाचौँदेखि दशौं स्थानमा छन् ।