१६ वैशाख, एजेन्सी।
फिलिपिन्समा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

मिन्डानाओ द्विपको तटिय क्षेत्रमा भूकम्प गएको हो । भूकम्पपछि तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । तर भूकम्पको जोखिम रहेको फिलिपिन्सका संरचना भूकम्प प्रतिरोधी रहेकाले कुनै पनि क्षति नभएको स्थानीय प्रशासनले दाबी छ ।

अहिलेसम्म क्षतिको विवरण भने प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रशान्त सुनामी चेतावनी केन्द्रले ३ सय किलोमिटर सम्म फैलने छालको दिशा अन्यत्र तर्फ रहेकाले फिलिपिन्स तर्फ नआउने जनाएको छ ।