११ वैशाख, एजेन्सी।

फिल्म ‘बाहुबली -२’ यहि शुक्रबार रिलिज हुँदैछ। बलिउड बक्स अफिसमा सबैभन्दा हिट फिल्म मध्येको एक यो फिल्म रिलिज हुनासाथ कटप्पाले बाहुबली किन मारे भन्ने प्रश्न जवाफ मिल्ने आशा गरिएको छ।

बाहुबली रिलिज भएपश्चात नै कटप्पाले बाहुबली किन मारे भन्ने प्रश्नले चर्चा पाएको थियो। यो प्रश्नको जवाफ फिल्मका निर्देशक एस.एस राजामौली, अभिनेता प्रभाष र फिल्म निर्माता राघवेन्द्र वाव शोबुसंग पनि सोधिसकिएको छ।

फिल्मसंग जोडिएका प्रश्नको जवाफ दिदैँ राजामौलीले भनेका थिए, कटप्पाले बाहुबली मारे किनकी उनले कटप्पालाई यस्तो गर्न भनेका थिए।

यहि प्रश्नको जवाफ दिदैँ फिल्म निर्माता राघवेन्द्रले भनेका थिए कि कटप्पाले बाहुबली यसकारण मारे किनकी उनले कटप्पालाई यसो गर्नको लागि पैसा दिएका थिए।

अभिनेता प्रभासले यो प्रश्नको जवाफ दिदै भनेका थिए कि उनलाई फिल्म निर्माताले कटप्पाको हातबाट मारिनको लागि पैसा दिएका थिए।

अर्थात यी तिनै व्यक्तिले स्क्रिप्ट अनुसारनै बाहुबलीलाई कटप्पाले मारेको भनेका छन् र ‘किन ?’ भन्ने प्रश्नको जवाफ दिएका छैनन्।

फिल्ममा प्रमुख भूमिकामा साउथ इन्डियन स्टार प्रभास, राणा दग्गुबाति, अभिनेती अनुष्का सेट्टी र तमन्ना भाटियालगायतको भूमिका छ। ‘बाहुबली: द कन्क्लुजन’ २८ अप्रिलमा रिलिज हुँदैछ।