९ माघ, एजेन्सी ।

बलिउडका बादशाह शाहरुख खान प्रायजसो एयरपोर्टबाटै आवत-जावत गरिरहेका हुन्छन्, तर यस पटक बादशाह हजाईजहाज चढ्ने छैनन् । बादशाहलाई ट्रेनमा यात्रा गरिरहेको देखिने छ । यस्तो उनी आफ्नो फिल्म ‘रईस’को प्रमोसनका लागि गर्नेछन् ।

शाहरुख आफ्नो पुरै टिमका साथ मुम्बईदेखि दिल्लीसम्म ट्रेन यात्रामा निस्कने छन् । फिल्म प्रचार–प्रसारका लागि शाहरुख खान सानो–सानो सहरसँग पनि सम्बन्ध गास्न चाहान्छन्, त्यसैले उनले ट्रेनबाट यात्रा गर्ने लागेका हुन।

शाहरुख आफ्नो टिमको साथमा बम्बे सेन्ट्रलदेखि सोमबार साझको ५ बजे अगस्त क्रान्ति एक्सप्रेसमा चड्नेछन् । अर्को बिहान ११ः५५ बजे हजरात निजामुद्दीन पुग्नेछन् । त्यसपछि भने उनी दिल्लीका लागि बाटो लाग्ने छन् ।

शाहरुखको बलिउडमा २५ बर्ष पुरा हुन लागेको छ । यसैबिच यहि हप्ता उनको नयाँ फिल्म रिलिज हुँदैछ।

फिल्म ‘रईस’ एक गुजराती ग्याङस्टरको जीवनमा आधारित रहेको बताइएको छ । यस फिल्ममा शाहरुख खान एक माफियाको रुपमा आउँनेछन् । अर्थात शाहरुखलाई नकारात्मक भूमिकामा देखिने छन् भने, नवानुददीन सिद्दीकी भने सकारात्मक भूमिकामा देखिनेछन् । ‘रईस’ यही जनवरी २५देखि रिलिजमा आउने छ ।

यो पढ्नुस्।
विश्वकै खतरनाक देशका विश्व चर्चित ९ सुन्दरी