१८ मंसिर, काठमाडौं ।

विश्वभरमा करोडौंले प्रत्यक्ष प्रसारण हेर्ने स्पेनिश महारथीहरु फुटबल क्लब बार्सिलोना र रियल म्याड्रिडबीचको इएल क्लासिकोको खेल नेपाली समय अनुसार आज राती ९ बजे हुँदैछ । पारम्परिक यी दुई टिमबीचको खेललाई नै इएल क्लासिको नामले चिनिन्छ ।
विश्वमैं नाम चलेका प्रतिष्ठित खेलाडीले भरिएका टिमबीचको खेल भएकोले पनि यसलाई निक्कै महत्वका साथ हेरिएको छ ।

कसले मार्ला वाजीः मेस्सी र रोनाल्डो भिडन्तमा !

सुपरस्टारहरुको खेल
आजको खेलमा बार्सिलोना र रियल दुवै सुपरस्टारहरुले भरिएको हुनेछ । बार्सिलोनाबाट एमएसएन अर्थात मेसी, सुवारेज र नेयमार छन् । भने रियलको बिबिसीमा बेन्जमा र क्रिश्चिायानो मात्र हुनेछन् । अर्काका बी अर्थात गारेथ बेल घाइत भएका कारण आजको खेलका सहभागी हुने छैनन् । सन् २००८ यताका विश्वका उत्कृष्ट फुटबलरहरुको उपाधि मेसी र रोनाल्डोले नै बाँडेका छन् । यसपटक पनि रोनाल्डोले नै पाउने सम्भावना अत्याधिक छ । रोनाल्डो, मेसी र फ्रान्स एवं एथलेटिको म्याड्रिडका एन्टोनी ग्रिजम्यान परेका छन् ।

messi-vs-ronaldo

यता बार्सिलोनामा गत अक्टोबरमा घाइते भएयताका मिडफिल्डर आन्द्रेस इनिस्टा टिममा फर्किदैछन् । इएल क्लासिकोमा सबैभन्दा बढी २१ गरेको रेकर्ड मेसीको नाममा छ तर, उनले २०१४ यता इएल क्लासिकोमा गोल गर्न सकेका छैनन् । अन्तिमपटक रियललाई ४–३ ले पाखा लगाउने क्रममा मेसीले ह्याट्रिक गरेयता गोल गर्न सकेका छैनन् । यद्यपी उनले पास पनि उपलब्ध गराउँदै आएका छन् । चारसय मिनेटमा मेसीले जाली जुमाउन सकेका छैनन् ।

उत्कृष्ट वर्ष खेलाडीमा कसले बाजी मार्ला ?

इएल क्लासिको अघिको कोपा डेलरेको खेलमा रियल कल्चरल लियोनेसामाथि ६–१ ले विजयी भएको थियो भने बार्सिलोना हेर्कुलेससँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

ronaldo-vs-messi

स्पेनिस लिगमा रियल बार्सिलोनाभन्दा ६ अंकले अघि छ । आजको खेल पनि जितेका उसले उपाधि पक्काको बाटो सहज बनाउनेछ । हार्दा बार्सालाई उपाधि जित्न निक्कै गाह्रो हुनेछ । अघिल्लो सिजनको इएल क्लासिकोको पहिलो लेगमा बार्सिलोना ४–० जितेको थियो भने दोस्रोमा रियल २–१ ले जित्न पुगेको थियो ।

के मेस्सी बार्सिलोनाबाट म्यानचेस्टर जाँदैछन् !
युकेमैं प्रत्यक्ष प्रसारण नहुने

यो प्रतिष्ठित प्रतियोगिताको युकेमा समयमै प्रत्यक्ष प्रसारण नहुने भएको छ । खेल सुरु भएको एक घण्टापछि मात्र युकेकमा समर्थकले यो खेल हेर्न पाउने भएका छन् । प्रत्यक्ष प्रसारण इजाजतको विषयमा लफडा हुँदा खेल समयमा हेर्न नपाउने भएको हो ।