१४ वैशाख । काठमाडौं
फुटबल खेलाडी भन्नेवित्तिकै गोल सम्झिन्छ । फरवार्डहरुले नियमित गोल गरिरहेका हुन्छन् । तर, अर्जेन्टिनी बार्सिलोनाका जेभियर मास्चेरानोले १९३ औं खेलपछि १९४ औं खेल लेख्ने क्रममा बार्सिलोनको लागि गोल गरेका छन् ।

२०१२ देखि बार्सिलोनाबाट खेल्न थालेका डिफेन्सिभ मिडफिल्डर मास्चेरोनाले क्बलमा आएको पाँच वर्षमा पहिलो गोल गरेका हुन् । यसका लागि १९४ औं खेल कुर्दै बुधबार राती उनले ओसासुनाविरुद्ध गोल गरेका हुन् । तर, लामो समय गोल गर्दा पनि उनले पेनाल्टीको सहारा लिनुपर्यो । मास्चेरानोले ६९ औं मिनेटमा पोनाल्टीमा गोल गरेका हुन् । उनको यो गोल बार्सिलोनाका प्रशिक्षक लुइस इन्रिकेले बार्सामा प्रशिक्षण थालेदेखिको पाँच सयौं गोल पनि हो ।

मास्चारानोले पनि गोल गरेको खेलमा बार्सिलोनाले अंक तालिकामा पुछारमा रहेको ओसासुनलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो । जसमा मेसीले २, एन्ड्रे गोमेजले २, अलासेरले २ र मास्चेरानोले २ गोल गरे ।

यस अघि उनी वेस्ट ह्याम र लिभरपुलका लागि खेल्थे । लिभरपुलमा ९४ खेल खेल्ने क्रममा उनले एक गोल गरेका थिए । वेस्ट ह्यामबाट ५ खेल्दा उनले कुनै गोल गर्न सकेका थिएनन् । लिभरपुलमा मास्चेरानोले २००६ देखि २०११ सम्म खेलेका थिए । कोरियन्थसबाट १७ खेल खेल्दा उनले २ गोल गरेका थिए । अर्जेन्टिनाबाट १३६ खेल खेल्दा ३ गोल गरेका छन् । त्यस्तै, सन् २००३ देखि २००५ सम्म रिफर प्लेटका लागि खेल्दै २ गोल गर्दा अहिलेसम्म मास्चेरानोको नाममा क्बल र देशका लागि ९ गोल गरेको रेकर्ड छ ।