२१ भदौ, काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमभित्रका केही कर्मचारीहरु प्रतिष्पर्धी संस्थालाई फाइदा पुग्नेगरि फिक्सिङमा लागिरहेको दाबी गर्नुभएको छ ।

नेपाल दुरसञ्चार कम्पनीले टेलिकमका ७५ वटै जिल्लाका प्राविधिक सहितको अन्तरक्रियामा मन्त्री बस्नेतले केही वर्षअघि फुटबलमा भएजस्तै फिक्सिङ अहिले टेलिकममा भइरहेको दाबी गरे ।

टेलिकमभित्रकै केही खेलाडीले म्याच फिक्सिङ गरिरहेको भन्दै यस्ता मान्छे पहिचान गर्ने काम भइरहेको बताए । मन्त्री बस्नेतले वर्तमान व्यवस्थापकीय पद्दती परिवर्तन गर्न नसकिए टेलिकम उठ्नै नसक्नेगरि डुब्ने आशंका व्यक्त गर्दै टेलिकममा आबद्ध केही व्यक्तिले खुलेआम अन्य प्रतिस्पर्धी सेवा प्रदायकलाई फाइदा पुग्ने काम गरिरहेको दावी गरे ।

त्यसरी फिक्सिङ गने कर्मचारीको पहिचान भैसकेको मन्त्री बस्नेतले बताए । उनले राम्रो काम गर्ने कर्मचारीलाइ पुरस्कृत र दोहोरो चरित्र देखाउने कर्मचारीको पहिचान गरेर दण्ड सजाय दिन समेत निर्देशन दिए ।