१९ मंसिर, कोलम्बो ।

श्रीलंकामा जारी दक्षिण एसियाली फुट्सल च्याम्पियनशिप २०१६ अन्तर्गत लिग चरणको खेलमा नेपालले भारतलाई ५ शुन्यले हराएको छ ।

अति भएपछि प्रचण्डले ओलीलाई दिए स्वीकार गर्न नसक्ने च्यालेञ्ज

दोश्रो दिनको खेलमा नेपालले भारतलाई ५ शून्यले हराएको जानकारी श्रीलंकामा रहेका फुट्सल संघ नेपालका उपाध्यक्ष तथा प्रतियोगितामा टिम म्यानेजर सन्तोष खतिवडाले नेपाली हेडलाइन्सलाई दिए ।

nepal-footsal-team

योसँगै नेपाली टिमले ३ खेल जितिसकेको छ । शनिबार मात्र नेपालले पाकिस्तानलाई ९-३ र माल्दिब्सलाई ३-२ गोल अन्तरले हराएको थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिब्स र पाकिस्तान सहभागी छन् ।

फुट्सल च्याम्पियनशिपः नेपालले पाकिस्तान र माल्दिब्सलाई हरायो

नेपालले आज आइतबार श्रीलंका सँग पनि खेल्ने छ । यो खेल जितेमा नेपाल खेल तालिकाको शीर्ष स्थानमा पुग्ने छ ।

अभिषेक प्रताव साहको प्रत्यारोप- म होइन उपेन्द्र सनकी

नेपाली फुट्सल टिमको टोलीमा कप्तान साजन महर्जन सहित सुभाष घलान, बिकी सिलाकर, समिर जंग कार्की, डेनियल श्रेष्ठ, दिलिप तामाङ, दिपेन्द्र रसाइली र रितेष पौडेल सहभागी छन् । टिम कोचको जिम्मेवारी नारायणकृष्ण महर्जनले सम्हालिरहेका छन् । नेपाली टोलीको टिम लिडर भने बटु कृष्ण थापा छन् ।