२० मंसिर, कोलम्बो ।

श्रीलंकामा आयोजित दक्षिण एसियाली फुट्सल च्याम्पियनशिप २०१६ अन्तर्गत लिग चरणको खेलमा नेपाल दोश्रो भएको छ ।

मधेसी नेतालाई गिरफ्तार गर्न कांग्रेस नेताको माग

भारतलाई ५ शुन्यले हराएको नेपाल श्रीलंकासँग २-१ ले पराजित हुन पुग्दा दोश्रो स्थानमा सीमित भएको हो ।

nepal-futsan-team

नेपाललाई हराएको श्रीलंका प्रतियोगिताको च्याम्पियन बनेको फुट्सल संघ नेपालका उपाध्यक्ष तथा प्रतियोगितामा टिम म्यानेजर सन्तोष खतिवडाले नेपाली हेडलाइन्सलाई दिए ।

रोमाञ्चक खेलमा नेपालसँग ३ विकेटले भारत पराजित

नेपालले आइतबार भारतलाई ५-० ले हराएको थियो भने शनिबार पाकिस्तानलाई ९-३ र माल्दिब्सलाई ३-२ गोल अन्तरले हराएको थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, माल्दिब्स र पाकिस्तान सहभागी भएका थिए ।

नेपाली फुट्सल टिमको टोलीमा कप्तान साजन महर्जन सहित सुभाष घलान, बिकी सिलाकर, समिर जंग कार्की, डेनियल श्रेष्ठ, दिलिप तामाङ, दिपेन्द्र रसाइली र रितेष पौडेल सहभागी थिए ।