प्रयास पराजुली
काठमाडौ ।
प्राकृतिक स्रोत र साधानमा भरिपूर्ण नेपालको हरक प्राकृतिक छटाले मन लोभ्याउने गर्छ । पर्यटकीय दृष्टिकोणले महत्पूर्ण ललितपुरको फुलचोकी पुग्दा मनै आनन्दित हुने गर्छ । फुलचोकीबाट हिमालदेखि तराईसम्मको दृष्यावलोकण गर्न सकिन्छ । फुलचोकी डाँडामा नेपाल टेलिभिजन, नेपाल टेलिकम र हवाईको टावर रहेको छ ।

fulchoki lalitpur mountain jungle (5) टावरसँगै रहेको फुलचोकी माइको मन्दिर रहेको छ । आफ्नो मनको कामना पूरा हुने विश्वासको साथ हजारौ दर्शनार्थी फुलचोकी डाँडामा पुग्ने गरेका छन् ।fulchoki lalitpur mountain jungle (7)

फुलचोकी ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल हो । यो स्थान पाटनदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित रहेको छ । समुद्री सतह देखि २ हजार ७ सय ६२ मिटरको उचाईमा रहेको यस पर्वत काठमाडौ उपत्यकाको सबैभन्दा अग्लो स्थानको रुपमा रहेको छ ।fulchoki lalitpur mountain jungle (4)

यहाँको प्रमुख विशेषताहरूमा कुनै पनि वाधा विना चारै तर्फको ३६० डिग्रीको कोणमा सम्पूर्ण तराईको समथर फाँट देखि उत्तरका गगन चुम्बी हिमालयहरू सहज रुपमा देखिनु हो । प्राकृतिक दृष्यको रसपान गर्नको लागि आन्तरिक एवं बाह्य पर्यटकहरु यस डाँडामा आउने गरेका छन् । फुलचोकीको अर्थ भने ‘फूल पर्वत’ भन्ने किम्बदन्ती रहेको छ । फुलचोकी घुम्नको लागि हाल दैनिक दुई सय जना भन्दा बढी मानिसहरु पुग्ने गरेका छन् ।

थप तस्बिर:

fulchoki lalitpur mountain jungle (8) fulchoki lalitpur mountain jungle (1) fulchoki lalitpur mountain jungle (3) fulchoki lalitpur mountain jungle (2) fulchoki lalitpur mountain jungle (6)