९ भदौ।

बलिउडका सुपरस्टार आमिर खान आजकल धेरै नै भावुक देखिने गरेकाछन्। केहि दिन अघि रिलिज भएको सलमान खानको ‘बजरङ्गी भाईजान’ हेर्दा उनको आँखाभरि आँशु आएको थिए। चलचित्र हेरिसकेपछि हलबाट बाहिर निस्कदा आँशु पुछ्न रुमाल प्रयोग गरेको तस्बिर सार्वजनिक नै भएको थियो।

सेप्टेम्बर १८ मा उनकै भान्जा इमरान खानको रिलिज हुन लागेको चलचित्र ‘कट्टी बट्टी’ हेरेर उनी फेरि रोएका छन्। यसपालि उनको आँसुले ट्विटर समेत भिजाएको छ। आमिरका फ्यानहरु भने ट्विटरमा भटाभट आमिर खानको यस्तो भावुक पक्षको मजाक बनाइरहेका छन्।

aamir khan crying (2)आमिर खान निखिल आद्वानीको निर्देशनमा बनेको चलचित्र ‘कट्टी बट्टी’को स्पेशल स्क्रीनिंगमा गएका थिए। चलचित्र हेरेर उनि यति भावुक भए कि हलमा नै मज्जाले रुन थाले। आमिर खान कै छेउमा बसेका निर्देशक निखिल आद्वानीलाई अमिर खानको आँशु पुछ्न टिस्यु पेपरको डब्बा नै साथमा राख्नु परेको खबर छ।

aamir khan crying (1)‘कट्टी बट्टी’मार्फत इमरान खान २ वर्ष पछि पुनः चलचित्रमा फर्केका हुन। यो चलचित्रमा इमरान खान संगै कंगना रनौतको मुख्य भुमिका रहेको छ। भान्जाको फिल्म हेर्दै रोएको देखेर फिल्मका निर्दैशक भने खुसी हुदै आमिरलाई आँशु पुछ्न टिस्यु पेपर दिदै थिए।

aamir khan crying (4)छिटै भावुक भइदिने आमिर खान यसअघि बजरङ्गी भाईजानमा मात्र नभएर आफ्नो टेलिश्रुङ्खला ‘सत्यमेव जयते’मा पनि धेरै पटक रुने स्थितिमा पुगेका थिए।

यो पनि हेर्नुहोस-

सलमानको फिल्म हेरेर रोए आमिर खान (तस्विर सहित)