२८ माघ, एजेन्सी।

पछिल्लो समयमा आएको फिल्म ‘दंगल’को लागि आमिरले आफुमा ल्याएको परिवर्तनले दर्शक छक्क परेक थिए। अब ‘ठग्स अफ हिन्दोस्तान’ फिल्मको लागि आमिले तयारी सुरु गरिसकेका छन्।

विजय कृष्ण आचार्यको निर्देशनमा बन्ने फिल्ममा आमिरलाई झनै फरक रुपमा देख्न पाइने भएको त तस्बिर हरेर नै थाहा पाइन्छ।

पुरै दाह्री र जुँगामा आमिरको यस्तो लुक पहिलो पटक देखिदैछ। फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा उनलाई यस्तै रुपमा देखिने छ। दंगल फिल्मको लागि बढाएको तौल आमिरले यो नयाँ फिल्मको लागि घटाउँदै छन्।

फिल्मको कथावस्तु फिलिप मिडोज टेलरको उपन्यास ‘कन्फेसन अफ ए थग’मा आधारित हुनेछ। फिल्ममा आमिरसंग अमिताभ बच्चनले पनि अभिनय गर्नेछन्। फिल्म सन् २०१८ को दिपावलीमा रिलिज गरिनेछ।