२७ साउन, पोखरा।

फेवातालमा सोमबार डुंगा पल्टिदा चार दिन देखि वेपत्ता भएका दुई जना मृत्त फेला परेका छन् ।

fewa tal drownedआज विहान फेवातालको हल्लनचोक घाट नजिकै काठमाडौ बसुन्धराका २३ वर्षिय एलिन केसी र चक्रपथका १९ वर्षिय प्रतिक श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ।

उनको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको प्रहरीले जानकारी दिएको छ ।

डुंगामा सवार आठमध्ये ६ जनाको उद्धार गरिएको थियो । फेवातालपारीको रेष्टुरेण्टमा खाना खाएर फर्किदै गर्दा सोमबार साझँ करिब ५ बजे डुंगा दुर्घटना भएको थियो ।

डुंगाको क्षमता भन्दा बढि यात्रु चढ्नु, लाईफ ज्याकेट नलगाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घंटनामा परि काठमाडौका सौगात श्रेष्ठ, रोशन न्यौपाने, सम्राट गौतम, दिपक न्यौपाने, हेटौडाका विदुर धिताल, पोखरा ६ लेकसाइडकी डुंगा चालक गंगा बस्नेतको उद्धार भएको थियो ।