११ भदौ, एजेन्सी

संसारमा सर्वाधिक चलाइने समाजिक सञ्जाल फेसबुकले आफ्नो प्रयोगकर्ताको लागि ‘व्यक्तिगत डिजिटल असिस्टेन्ट’को सेवा चाडैँ नै प्रदान गर्नेछ। यसको लागि तपाईँको स्मार्टफोनमा फेसबुक मेसेन्जर एप भएको हुनुपर्छ। मेसेन्जरबाट साथीसँग कुरा गरेझै यो डिजिटल असिस्टेन्टसँग च्याट गर्न सकिने छ। फेसबुलले यसको नाम ‘एम’ राखेको छ।

फेसबुकको यो सेवा एपलको ‘सिरी'(siri), गुगलको ‘गुगल नाउ'(google now) र माईक्रोसफ्टको ‘कोर्टाना'(cortana)सँग तुलना हुने देखिन्छ। यी एपहरुले प्रयोगकर्ताको जिज्ञासा समाधान गर्न भुमिका निर्वाह गर्दै आएका छन्।

facebook's new m (2)फेसबुकको यो सेवाको प्रयोगबाट प्रयोगकर्ताले मौसमको जानकारी, खेलको स्कोर जस्ता जानकारी प्राप्त गर्न सक्नेछन्। असिस्टेन्ट ‘एम’को प्रयोगले  ‘रिमाइन्डर’ राख्न, अनलाईन उपहार खरिद गर्न, रेस्टुरेन्ट बुकिङ्ग आदी गर्न सकिने फेसबुक बताउँछ।

एप्पल र माइक्रोसफ्टको झै यो सेवा भ्वाईस (आवाज) मा आधारित छैन। ‘एम’बाट जानकारी पाउन च्याट गरेरै प्रश्न सोध्नुपर्ने हुन्छ। जसको उत्तर च्याटमा नै पाउन सकिन्छ।

facebook's new m (1)एप्पल र माइक्रोसफ्टले प्रयोगमा ल्याएका एपहरु भने आर्टिफिसियल इन्टिलिजेन्स (Artificial Intelligence) मा आधारित छन। कुनै सफ्टवेयरले आफै सोचेर केही उल्लेखनीय जवाफ वा नतिजा बताउनसक्ने प्रविधिलाई सामान्यतया आर्टिफिसियल इन्टिलिजेन्स भनि बुझिन्छ।

तर फेसबुकको यो सेवामा भने प्रयोगकर्ताले सोधेको प्रश्नको उत्तरको लागि आर्टिफिसियल इन्टिलिजेन्सको मात्र प्रयोग भएको हुदैन। ‘एम ट्रेनर्स’ भनिने फेसबुककै कर्मचारीहरु प्रयोगकर्ताको प्रश्नको उत्तर दिन वा सहयोगको लागि खट्ने बताइन्छ।

यो पनि हेर्नुहोस-

फेसबुकमा अर्को बदलाव, प्रयोगकर्तालाई झनै झन्झट

सावधान फेसबुकको यो अप्सन क्लिक नगर्नुस् !