२६ असोज, एजेन्सी ।

फेसबुकमा अब यस्तो म्यासेज पठाउन सकिन्छ, जसलाई अरु कसैले पढन सक्दैन र केही समयमा आफै डिलिट हुन्छ । chating
यसका लागि दुईव्यक्ति जो च्याट गरिहेका हुन्छन, दुवै जनासंग म्यासेन्जरको सबैभन्दा नयाँ भर्सन हुन आवश्यक छ । म्यासेज पठाउने तरिका पनि अलिकता फरक छ ।
आउनोस् यसवारे जानकारी लिऔं :

सबैभन्दा पहिले म्यासेन्जरको एप्स् लन्च गर्नुस्, त्यसपछि कम्पोज बटम क्लिक गर्नुस् । स्क्रिनमा नयाँ म्यासेज बक्स देखिने छ र त्यसको दाहिने तर्फ माथि ‘सेक्रेट’ लेखिएको हुनेछ ।

तपाईले पहिलो पल्ट यस्तो सेक्रेट म्यासेज पठाउँदै हुनुहुन्छ भने म्यासेन्जरले तपाईँलाई भन्नेछ, ‘यो म्यासेज अर्को डिभाइसमा अनक्रप्टेडरूपमा जानेछ ।’ त्यहाँ तपाईले ओकेमा क्लिक गर्नुस् ।

जसलाई यस्तो म्यासेज पठाउदै हुनुहुन्छ उसको नाम फोनबुकबाट छान्नुहोस् । तर, म्यासेज पठाइएको व्यक्तिसंग म्यासेन्जरको सबैभन्दा नयाँ भर्सन रहेनछ भने उसले यो म्यासेज पढनसक्ने छैन ।

तपाईले म्यासेज पठाएको व्यक्तिसंग यसको नयाँ भर्सन छ छैन भन्ने यसले बताउने छैन । त्यसैले पहिले उसलाई फोन गरेर यसवारे जानकारी दिनु राम्रो हुनेछ ।

त्यसपछि कति समयमा यो म्यासेज आफै मेटिनु पर्ने हो तपाईले छान्न पाउनु हुनेछ । १० सेकेन्डदेखि १२ घण्टासम्म नमेटिने बनाउन सकिन्छ । याद गर्नुस् यसरी म्यासेज आफै मेटिदाँ तपाईको म्यासेज बक्समा भएका विगतका पनि सबै म्यासेज आफैं मेटिने छ ।

इस्तो म्यासेज पठाउँददा पाउनेले कसले पठाएको भन्ने जानकारी पाउनेछैन । स्क्रिनमा ‘तपाईलाई कसैले म्यासेज पठाएको छ’ भन्ने मात्र लेखिएको हुनेछ ।