३० फागुन, एजेन्सी।

सामाजिक मिडिया प्याल्टफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप प्रयोगकर्ताहरुलाई बुधबार राती समस्या भोग्नु पर्यो।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप एप नचलेपछि विश्वभरका प्रयोगकर्ताहरुले ट्वीटरमार्फत समस्या सेयर गरेका छन्। लगइन गर्न नमिल्ने, पोस्टहरु राम्रोसंग नदेखिने, पेजहरु नखुल्ने लगायतका समस्या ती एपहरुमा देखिएका छन्।

अहिले पनि फेसबुक लगायत यी एपहरुमा देखिएको समस्या सबै समाधान भइसकेको छैन।

चौतर्फी आलोचना भएपछि फेसबुकले आफ्नो प्रणालीमा समस्या देखिएको र समाधानको प्रयास भइरहेको ट्वीट गरेको छ।

ट्वीटरमा #FacebookDown र #Instagramdown ह्यासट्याग प्रयोग गरी यसबारेमा ट्वीटहरु गरिएका छन्।

किन डाउन भयो?

केही प्राविधिकञहरुले यसलाई DDoS Attack (Distributed Denial-of-Service Attack) हुनेसक्ने बताएका छन्। यो कुनै वेबसाइटको सर्भर माथी गरिने प्राविधिक आक्रमण हो। जसअन्तर्गत सर्भरमा एकैपटकमा धेरै वेब-रिक्वेस्ट पठाएर व्यस्त बनाउन खोजिन्छ। तर फेसबुकले आफ्नो सर्भरमा यस्तो आक्रमण नभएको र समस्या अरुनै भएको ट्वीट पनि गरेको छ।