१५ फागुन, एजेन्सी।

फेसबुकमा गरिएका पोस्टमा ३०० अर्ब प्रतिक्रियाको रेकर्ड बनेको छ। अघिल्लो वर्ष २४ फेब्रुअरीमा फेसबुकले पोस्टमा गरिने प्रतिक्रिया अझै परिष्कृत गर्न नयाँ इमोजी लञ्च गरेको थियो। एक वर्षमा ३०० अर्ब पटक प्रयोग भएको यी इमोजी मध्ये सबैभन्दा बढी १.७९ अर्ब प्रयोगकर्ताले ‘LOVE’ इमोजी प्रयोग गरेका छन्। फेसुबकले भइरहेको ‘LIKE’ इमोजी कायम राख्दै ‘LOVE’ ‘HAHA’, ‘WOW’, ‘SAD’ र ‘ANGRY’ इमोजी थप गरेको थियो।

फेसुबकले एक बयान जारि गर्दै भनेको छ,, ‘अब हामी साथीको पोस्टमा लाइक गर्नु भन्दा कयौं बढी परिष्कृत भावना ‘प्रतिक्रिया’ बटनबाट व्यक्त गर्ने सक्छौ र यो सुरु गरिएको पनि एक वर्ष भइसकेको छ। अहिलेसम्म कुल ३०० अर्ब ‘प्रतिक्रिया’ व्यक्त गरिसकिएको छ।’

सन् २०१६मा क्रिसमसको दिन सबैभन्दा बढी ‘LOVE’ इमोजी प्रयोग गरिएको फेसबुकले बताएको छ। मेक्सिकोका प्रयोगकर्ताहरुले सबैभन्दा बढी इमोजी प्रयोग गरेको बताइएको छ। अमेरिका इमोजी प्रयोग गर्नेमा ८ औँ स्थानमा छ।