२१ फागुन, एजेन्सी।
फेसबुक अब युट्युट्बको बाटोमा लागेको छ। युट्बुमा झै अब फेसबुकका भिडियोमा पनि विज्ञापन देखिनेछ। विज्ञापनबाट हुने कमाइको एक हिस्सा फेसबुकले भिडियो पोस्ट गर्ने पेजसंग बाड्ने छ।

यसको अर्को पक्ष यो हो कि अब विज्ञापन मुक्त भिडियो देख्न पाइनेछैन र भिडियो हेर्न विज्ञापन हेर्नै पर्ने हुन्छ ।

फेसुबकको योजना ‘भविष्यको टिभी’ बन्ने हो। फेसबुकले घोषणा गरेको छ कि उसले भिडियोबाटै आफ्नो र आफ्ना सब्सक्राइबरको कमाइको बाटो खोल्नेछ।

युट्युबमा झै आम नागरिकले फेसुबक भिडियोबाट पनि कमाइ गर्न सक्ने नसक्ने बारे भने प्रष्ट भएको छैन। फेसबुकले ‘आधिकारिक प्रकाशक’ले विज्ञापनबाट हुने कमाइको हिस्सा पाउने बताएको छ।

यी आधिकारिक प्रकाशकहरुमा ती पेज र प्रोफाइल पर्छन् जसको फेसबुकमा दुई हजार भन्दा बढी फलोअर छ र जसले हालै लाइभ भिडियोमा एकै साथ ३ सयभन्दा अधिक लाइभ दर्शक हासिल गरेको छ।

एड ब्रेकको ट्रायल
फेसबुकले अमेरिकामा एड ब्रेकको परीक्षण पनि सुरु गरेको छ। अर्थात लाइभ भिडियोकै क्रममा बिचमा विज्ञापन देखाइने छ। अहिलेलाई भिडियो चार मिनेट भन्दा लामो भएमा यसरी एड ब्रेक लिन सकिनेछ।

हाल विश्वमा करिब दुई अर्ब ७५ करोड भन्दा बढीले फेसबुक प्रयोग गर्छन्।