१४ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले सरकारको आलोचना भइरहेकाप्रति असन्तुष्टि जनाएका छन् ।

नाकाबन्दी, तराई–मधेस समस्या र भूकम्पपीडितको अवस्थाप्रति सरकार गम्भीर नभएको भन्दै जनस्तर र सामाजिक सञ्जालमा आलोचना बढिरहेका बेला काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जारी समस्या सामान्यीकरणको प्रयास गर्दा–गर्दै पनि आफ्नो आलोचना गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

फाइल तस्बिर

सामाजिक सञ्जालमा भईरहेको आलोचनाप्रति लक्षित गर्दै उनले आफू फेसबुक र ट्वीटर हेरेर काम गर्ने मान्छे नभएको बताए । यद्यपी प्रतिपक्षको आलोचना भने स्वभाविक हुने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् जम्बो बनाएकामा भएको आलोचनाको पनि प्रतिपाद गरे ।

नाका अबरोधबारे पुर्नविचार गर्न सकिन्छ- महन्थ ठाकुर

मध्यरातमा बाबुरामले खोले प्रचण्डका डरलाग्दा रहस्य

केही सञ्चार माध्यम सहमतिको वातावरण विगार्न तल्लिन रहेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रता देश, संविधान र सामाजिक सद्भाव भड्काउने गतिविधि गर्नका लागि नभएको पनि बताए ।