चीनमा बस्दै आएका एक फोटोग्राफरले उत्तर कोरियाली जनजीवनको तस्बिर क्यामेरामा कैद गरेका छन्। यी तस्बिरमा फोटोग्राफरले उत्तर कोरियाका मानिसहरु यात्रा गर्दै गरेको देखाएका छन्, कुनैमा तस्बिरमा बच्चा खेल्दै गरेको देख्न सकिन्छ। कुनै तस्बिरमा जोडी नाच्दै देखाइएको छ त कोही स्मार्टफोनमा कुरा गर्दै देखिएका छन्। यी फोटोग्राफरको नाम क्रिस्टियन पिटरसन क्यान्सन हो। जर्मनीमा जन्मेका क्रिस्टियन अहिले चीनमा बस्छन्।

South korea photos by german (1)

क्रिस्टियन अगस्ट १५ मा उत्तर कोरिया गएका थिए। उनले त्यहाँका अलग-अलग ठाउँको तस्बिर खिचे। क्रिस्टियनलाई उत्तर कोरियाको रहस्यमय मानिएको जीवनको बारेमा बुझ्नु थियो। आखिर किन उत्तर कोरियालाई विश्वकै रहस्यमय देश भनिन्छ? उत्तर र दक्षिण कोरिया छुट्टीए पश्चात उत्तर कोरियाली मानिसहरुको जनजीवन कस्तो छ?

South korea photos by german (6)त्यहाँका मानिस स्मार्टफोन प्रयोग गर्छन् तर अर्को देशका मानिसहरुसंग कुरा गर्न भने सक्दैनन्। चीन वा दक्षिण कोरियाको सिम प्रयोग गरेर मात्र बाहिरी देश फोन गर्न सकिन्छ त्यहाँ।

South korea photos by german (17)

दक्षिण कोरिया र अमेरिकासंगको टकरावको कारण चर्चामा रहने उत्तर कोरिया तानाशाजी शासनमा छ। कयौं रिपोर्टमा उत्तर कोरियालाई सुल्झाउन नसकिएको प्रश्नको रुपमा चर्चा गरिएको पाइन्छ। त्यहाँको तानाशाही सरकार सकेसम्म देशको वास्तविकता बाहिर नजाओस् चाहन्छ, बाहिर गएपनि जे देखाउन खोजिएको छ त्यही मात्र मानिसले जानुन भनि हरसम्भव प्रयास गर्छ।

South korea photos by german (3)

यसो हुँदा हुँदै यी फोटोग्राफरले खिचेको तस्बिरहरुमा उत्तर कोरियाको यस्तो जीवनशैली देख्न सकिन्छ।

South korea photos by german (8) South korea photos by german (7) South korea photos by german (5) South korea photos by german (4) South korea photos by german (2) South korea photos by german (18) South korea photos by german (16) South korea photos by german (15) South korea photos by german (14) South korea photos by german (13) South korea photos by german (12) South korea photos by german (11) South korea photos by german (10) South korea photos by german (9)