कहिलेकाहिँ तपाईँलाई खल्तीमा राखेको मोबाइ
लबाट भाइब्रेसन आएको अनि घण्टि बजेको जस्तो लाग्न सक्छ, तर जब मोबाइल झिकेर हेर्नुहुन्छ, कुनै फोन अथवा मेसेज आएको हुँदैन, यस्तो किन हुन्छ?

चिन्ता नलिनुहोस्- तपाईँ पागल हुनुभएको छैन। केहि नहुँदा पनि मोबाइल भाइब्रेट गरेको जस्तो लाग्नु वास्तवमा स्वाभाविक कुरा हो।Phantom Vibration

हालै भएको एक खोजबाट करीब ८९ प्रतिशत मानिसहरूले १ हप्तामा कम्तीमा १ पटक आफ्नो मोबाइलबाट यस्तो “दैवी भाइब्रेसन’ सुन्ने गरेको पाइएको छ।

“हामी सँधै यस्ता भाइब्रेसन र सिग्नल सुन्न आतूर हुन्छौँ, जसले मेसेज अथवा फोन आएको सूचीत गराउँदछ।”, प्रमुख अनुसन्धानकर्ता मिसेल ड्रुइन भन्छिन्- “यदि कुनै महत्वपूर्ण कामको लागि तपाईँले कसैको सन्देशको आश गरिराख्नुभएको छ भने, त्यस्तो सिग्नल सुन्ने गरिन्छ।”

कसैको सन्देशको प्रतिक्षा गर्दा अनि कामकाजको थकान र तनावले गर्दा हामीले आफ्नो मोबाइलबाट यस्तो आवाज आएको कल्पना गर्ने उनले बताइन्।

यस्ता झुटा नोटिफिकेशनबाट हैरान हुनुहुन्छ भने, मिसेल भन्छिन्- “हरेक दिन केहि घण्टा तपाईँ आफ्नो फोनबाट टाढै बस्नुहोस् अथवा स्वीच अफ गरेर राख्नुहोस्, केहि दिनमा फरक पाउनुहुनेछ।”

यो पनि हेर्नुहोस्-
कतै तपाईँको दुखाईको कारण तपाईँको मोबाइल वा पर्स त होइन? जान्नुहोस् विभिन्न अङ्गमा दुखाईका ५ कारण
इन्टरनेट नभएको बेलामा पनि सजिलै हेर्न मिल्छ मोबाइलबाट नक्सा
स्मार्टफोनको यो एपले दृष्टिविहिनलाई दृष्टि प्रदान गर्दछ