७ असोज, राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

फोरमका दयानन्द गोइत दुई हजार २३८ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीतेन्द्रकुमार यादवले एक हजार ३२२ मत प्राप्त गरेका छन ।

उपाध्यक्षमा पनि फोरम नेपालकै रुपी गुप्ता एक हजार ८०२ मत प्राप्त गरी निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका विमलादेवी यादवले एक हजार ४६८ मत प्राप्त गरेका छन।