बोमलाल गिरी
६ माघ, पोर्चुगल

फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुईंटेलले पोर्चुगलका कृषि फामको भ्रमण गरी नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएकी छन् ।ambika-devi-luintel-in-portugal-7

चार दिने भ्रमणका लागि सोमबार पोर्चुगलमा आएकी राजदूत लुईंटेलले पोर्चुगलको ताविरा, ओदिमेरा, फारो लगायत स्थानमा रहेका कृर्षि फामको अध्ययन गरेकी हुन् । सो अवसरमा उनले नेपाली कामलाईको अवस्था, बसाई, कम्पनीले न्यूनतम सेवा सुविधा दिए नदिएको बारे प्रत्यक्ष नेपाली कामदारलाई नै भेटेर जानकारी लिएकी हुन् ।ambika-devi-luintel-in-portugal-3

राजदूतावासलाई फ्रान्सका साथै स्पेन, पोर्चुगल, ग्रिस र मनागो पनि हेर्ने जिम्मेवारी छ ।
स्पेनको सिमानामा पोर्चुगिजले सञ्चालन गरेको मारभिल्ला कम्पनीमा २५ जना नेपाली कामदारले काम गर्छन । उनीहरु नेपालबाट १० लाख रुपैयाँ भन्दा बढी रकम खर्च गरेर वर्क परमिटमा पोर्चुगल आएका हुन् ।ambika-devi-luintel-in-portugal-1

राजदूतसँगको छलफलमा फार्म सञ्चालक अधिकृत मारियाले आफूले नेपाली कामदारलाई प्रयाप्त सुविधा दिएर काममा लगाएको र इमान्दार र परिश्रमी भएकाले आफूलाई नेपाली कामदार बढी मन पर्ने बताइन । नेपाली कामदारले अग्रेजी भाषा पनि बोल्ने भएकाले आफूलाई पनि अग्रेजी भाषा सिक्न सहयोग भएको बताइन ।ambika-devi-luintel-in-portugal-6

नेपाली कामदारले पनि अन्य कम्पनीको तुलनामा मारभिल्लामा काम गर्दा बढी सेवा सुविधा पाएको र सहजता भएको राजदूत लुईंटेलसँगको अन्तरकृयामा बताएका थिए । राजदुत लुईटेलले नेपालीहरु बस्ने आवासको पनि भ्रमण गरी न्यूनतम सेवा सुविधा भए नभएको बारेमा जानकारी लिएकी थिइन । त्यस अवसरमा उनले पछिल्लो समय मदिरा सेवनकै कारण पोर्चुगलमा एक वर्षमा झण्डै एक दर्जन नेपालीले ज्यान गुमाएको तर्फ सचेत गराउँदै आफ्नो र परिवारका बारेमा जिम्मेवार हुन र काम प्रति इमानदार हुन आग्रह गरीन ।ambika-devi-luintel-in-portugal-5

उनीसँगको भ्रमणमा पोचुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकर बहादुर हमाल, गैर आवासिय नेपाली संघ एनआरएनका अध्यक्ष भिम केसी कमल, व्यवशायी एवं नेपाली कांग्रस निकटको प्रवासी संगठन जनसम्पर्क समितिका उपाध्यक्ष तिलक गैरे, व्यवशायी एवं नेकपा एमाले निकटको प्रवासी नेपाली मञ्चका अध्यक्ष गोविन्द पौडेल, वरिष्ठ उपाध्यक्ष रोवर्ट लिम्बु, माओवादी केन्द्र निकटको जनप्रगतीशिल मञ्चका कार्यवाहक अध्यक्ष नारायण सुवेदी, समाजसेवी अशोक घिमिरे लगायतको उपस्थिती थियो ।

यसअघि राजदूत लुईंटेलले पोर्चुगलको अवैतानिक वाणिज्य दुतको कार्यलय लिस्वनमा भसेर दुई दिनसम्म नेपालीलाई सेवा दिएकी थिइन । उनले आइ परेको जुनसुकै समस्याका लागि पनि अवैतानिक वाणिज्यदूत हमालसँग सम्पर्क गर्न आग्रह गरेकी थिइन । राजदुत भएर आए पछि लुईंटेलको यो तेस्रो पोर्चुगल भ्रमण हो ।

त्यसअघि राजदूत लुईटेलले पोर्चुगलका राष्ट्रपति, परराष्ट्रमन्त्री लगायत उच्च तहमा भेटवार्ता गरेकी थिइन । भेटका अवसरमा नेपाल र पोर्चुगलको दुई पक्षीय हित तथा नेपालमा पोर्चुगलको दुतावास स्थापना गर्ने विषयमा ध्यानाकर्षण गराएको उनले बताइन । नेपालमा दूतावास नहुँदा हजारौ नेपाली भारत जानु पर्ने बाध्यता छ ।