२९ कात्तिक, एजेन्सी ।

फ्रान्सको राजधानी पेरिसमा शुक्रबार भएको भयानक आक्रमणले युरोपमात्र नभएर संसारभरी खैलाबैला भएको छ । फ्रान्सको राजधानीको मुटुमा रहेका विभिन्न ६ स्थानमा अतिबादीहरुले आक्रमण गरेका छन् ।

इस्लामिक जिहादिष्टहरुले पेरिसस्थित रंगशाला र अर्को एक रेष्टुरेन्टमा भयानक गोलीकाण्डमा मारिनेको संख्या अझै एकिन छैन । फ्रान्स र जर्मनीकोबीचमा खेल भैरहेको समयमा गरेको भयानक आक्रामणमा कम्तिमा १५० जनाको मृत्यु भएको पुष्टी भैसकेको छ ।

Paris Attack 1 Paris Attack 2 Paris Attack 3 Paris Attack 4 Paris Attack 5 Paris Attack 6
Paris Attack 8 Paris Attack 9 Paris Attack 10 Paris Attack 11 Paris Attack 12

Paris Attack 15




११८ जनालाई बाटाक्लान रंगशालामा खेल हेरिरहेको समयमा गोली हानेर मारिएको थियो । अन्य ११ जना कम्बोडियन रेष्टुरेण्टमा मारिएका थिए ।

Paris Attack 16

आक्रमणपछि फ्रान्समा संकटकालीन अवस्थाको घोषणा गरिएको छ भने सुरक्षा ब्यवस्था कडा तुल्याइएको छ ।

Paris Attack 17

२ आत्मघाती आक्रमणकारीले रंगशाला नजिकै विष्फोट गराएका थिए । बाटाक्लान रंगशालामा गोलीकाण्ड मच्चाउनु अघि आतंकवादीहरुले सयौं मानिसहरुलाई बन्धक तुल्याएका थिए ।

Paris Attack 19

आतंकबादीहरुले बम विष्फोट गराउनु र गोली चलाउनु अघि ‘अल्लाह अकबर’ भन्दै चिच्याएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । उनीहरुले ‘यो सिरियाका लागि हो’ पनि भनेको बताइएको छ ।

Paris Attack 13

आक्रमणपछि फ्रान्स पुलिसले रंगशालामा आक्रमण गरी आतंकबादीहरुलाई गाली हानेको थियो ।

दोश्रो विश्वयुद्धपछिको भयानक घटना

फ्रान्स आक्रमण दोश्रो विश्वयुद्ध पछिको सबैभन्दा भयानक आक्रमण हो । भारतको राजधानी मुम्बाइमा सन् २००८ मा गरिएको आक्रमणकै स्टाइलमा गरिएको आक्रमणपछि फ्रान्समा संकटकालीन अवस्था घोषणा गर्दै देशमा सबै सीमा सिल गरिएको छ ।

Paris Attack 20

घटनामा २०० भन्दा बढी मानिस गम्भिर घाइते भएका कारण मर्नेहरुको संख्या उच्च हुने अनुमान गरिएको छ ।

Paris Attack 18

फ्रान्सले अतिबादी इस्लामिक समूह इस्लामिक स्टेटमाथि हवाइ आक्रमण गर्दै आएको छ ।

Paris Attack 14

आइएसले यसकै बदलामा यो आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।