७ भदौं, एजेन्सी ।

पश्चिम बंगाल सरकारले अलग गोर्खाल्याण्डको माग राखेर आन्दोलन गरिरहेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्तामा आउन आव्ह्वान गरेको छ ।

सम्वादहिनताको अवस्थालाई हटाउन तथा दार्जीलिङ्गको समस्या समाधानका लागि आपूmले वार्ताका लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई बोलाएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले बताएकी छिन् ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले वार्ता थाल्न आग्रह गर्दै सोमबार पत्र पठाएको तथा त्यसको २४ घण्टा भित्रै आपूmले अगस्ट २९ मा वार्ता गर्न जानकारी पठाएको उनले सञ्चार माध्यमलाई बताईन् ।

उत्तरी बंगालको बाढी प्रभावित क्षेत्रको भ्रमणबाट राज्य सचिब फर्किए लगत्तै वार्ता थाल्ने उनले बताईन् । मुख्य मन्त्री बेनर्जीले गोर्खा राष्ट्रिय मुक्ति मोर्चालाई वार्ताका लागि आव्ह्वान गर्दा गोर्खा जनमुक्ती मोर्चाको नाम भने उल्लेख नगरिएको बताइएको छ ।

गोर्खा जनमुक्ती मोर्चाका उपाध्यक्ष कल्याण देवानले सबै सरोकारवालालाई औपचारिक रुपमा आव्ह्वान नगरे सम्म वार्ता हुन नसक्ने बताए ।

उनले मुख्य मन्त्री बेनर्जीले बार्ताका लागि आब्ह्वान गरेको भन्दापनि गोर्खा जनमुक्ती मोर्चा र गोर्खाल्याण्ड आन्दोलन सम्योजन समितिलाई कमजोर देखाउन प्रयास गरेको बताएका छन् ।