८ वैशाख, संखुवासभा।

बरुण नदीमा आएको बाढीले संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीला गोलामा थुनिएको अरुण नदी बग्न थालेको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशी र गृहमन्तालयको टोली नदीमा पहिरो गएको स्थानमा पुगेर पर्किएर नदिले थोरै निकास निकालेर बग्न थालेको जानकारी दिएका हुन । बरुण बजारमा पहिरोले १० घरमा क्षति पुर्याएको र जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा राखिएको पनी टोलीले जानकारी दिएको छ ।

हिम पहिरोबाट नदीमा आएको बाढीले किमाथाङका जोड्ने बाटो ५० मिटर बगाएको छ । नदी थुनिएपछि झण्डै ३ किलोमिटरको ताल बनेको छ भने बरुण बजार जोखिममा परेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार ढुंगासहित आएको बाढीले बिहीबार अपराहृन करिव ४ बजेतिर अरुण नदीको बहाव रोकिएको थियो । हिमताल फुटेर अरुण नदीमा बाढी आएको आशंका गरिएको छ तर, यकिन भएको छैन ।