१४ भदौ, ढाका ।

बङ्गलादेशका एकजना नेतालाई दिइएको मृत्युदण्डको सजायलाई यहाँको उच्च अदालतले सदर गरेको छ ।

पत्रको विषयलाई लिएर २ नेताबीच बालुवाटारमा चर्काचर्की

बङ्गलादेशको सबैभन्दा ठूलो इस्लामिक दलका नेता मिर क्वासिम अलिलाई यसअघि सुनाइएको यस कारबाहीका विरुद्धमा उनले यहाँको सर्वाेच्च अदालतमा अपिल गरेका थिए ।

उनले गरेको सो अपिलको सुनुवाइपछि सर्वाेच्च अदालतका प्रधानन्यायाधीशको मुख्य इजलासले उनको अपिल बदर गरेको हो ।

उनलाई सन् २०१४ मा नै मृत्युदण्डको सजाय सुनाइएको थियो । पछि उनले सो निर्णयका बिरुद्धमा अपिल गरेका थिए ।

के प्रचण्डले मोदीसँग माफी मागेकै हुन् ? भारतीय पत्रकारको डरलाग्दो संकेत

उनलाई मृत्युदण्ड दिने भएपछि यहाँको ठूलो इस्लामिक दल जमात इ इस्लामी दलमा ठूलो तरङ्ग पैदा भएको छ । ६३ वर्षीय यी नेता उक्त दलका एकजना प्रमुख लगानीकर्ता हुन् ।

उनका वकिल गाजी एम एच तमिमले उक्त अपिलका विरुद्धमा अदालतले फैसला सुनाएको जानकारी मङ्गलबार सम्वाददाताहरुलाई दिएका छन् ।

बङ्गलादेशका प्रधानन्यायाधीशले आफ्नो फैसलामा भन्नुभएको छ– तमिमका तर्फबाट गरिएको अपिल अस्वीकार गरिएको छ ।

अब ती इस्लामिक दलका नेता अलिलाई मृत्युदण्डको कारबाहीका लागि बाटो खुला भएको छ । तर पनि उनले अझै पनि बङ्गलादेशका राष्ट्रपति समक्ष आममाफीका लागि पनि अपिल गर्नेछन् ।

तर आम नागरिकका अनुसार बङ्गलादेशका राष्ट्रपतिले उनलाई आममाफी नदिन पनि सक्छन् । बङ्गलादेश स्वतन्त्र हुने समयमा सन् १९७१ मा भएको युद्धअपराधको विषयलाई लिएर यतिखेर यहाँ दोषीमाथि कारबाही सुरु भएको छ ।

सो समयमा भएको युद्धअपराधको छानबीन गरी दोषीमाथि कारबाही गर्ने उद्देश्यले सन् २०१० मा बङ्गलादेशमा युद्धअपराधको विषयमा हेर्ने विशेष अदालतको स्थापना भएको थियो ।

अवज्ञा गरेको भन्दै किम जोङ उनले दिए मन्त्रीलाई फाँसी

सो अदालतको सिफारिशमा हालसम्म यहाँका दर्जनौँ नेतालाई फासीका सजाय सुनाइसकिएको छ ।
यसअघि पनि सन् २०१३ मा सो दलका र अरु विपक्षी नेताहरुगरी पाँच जना वरिष्ठ नेतालाई नै मृत्युदण्ड दिइसकिएको छ । रासस÷एएफपी